काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियामाथि फराकिलो जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ११४ रनले पराजित गरेको हो । अमेरिकाले दिएको २९४ रनको लक्ष्य पछाएको नामिबियाले ४०.२ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाएको थियो ।
४३-४३ ओभर मात्र खेलाइएको यस खेलमा यसअघि अमेरिकाले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाउदै २९३ रन बनाएको थियो ।
यो जितपछि अमेरिकाको लिग २ मा १३ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नामिबियाको १३ खेलमा १० अंक रहेको छ र छैटौं स्थानमा छ ।
अमेरिका नामिबिया र ओमानबीचको यस सिरिजको अर्को खेल सोमबार ओमान र नामिबियाबीच हुने छ ।