काठमाडौँ । आजको संसद बैठकमा अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्न सरकार पछि हटेको छ ।
स्रोतका अनुसार राष्ट्रिय सभामा अल्पमतमा रहेको सरकारलाई जसपा नेपालले अध्यादेशको पक्षमा मत दिने आश्वासन नदिएपछि सरकार पछि हटेको हो । राष्ट्रिय सभामा निर्णय रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेशको मुख्यमन्त्री माग्दै बार्गेनिंग गरिरहेको बुझिएको छ ।