• २०८१ माघ २५ शुक्रबार

गाजालाई अमेरिकाले कब्जा गर्ने ट्रम्पको भनाईप्रति माओवादी केन्द्रको कडा निन्दा

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई अमेरिकाले कब्जा गर्ने र गाजामा रहेका प्यालेस्टाइनीहरुलाई अन्य देशमा पठाउने भनाईको निन्दा गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गाजालाई अमेरिकाले कब्जा गर्ने र गाजामा रहेका प्यालेस्टाइनीहरुलाई अन्य देशमा पठाउने ट्रम्पको भनाईको कडा निन्दा गरेका हुन् ।

ट्रम्पको भनाई सार्वभौम समानताको स्थापित सिद्धान्त, अन्तरराज्यीय सम्बन्धको आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्र विपरीत रहेको उल्लेख गर्दै श्रेष्ठले सबै देशहरू र विश्वका जनताले यस्तो साम्राज्यवादी र विस्तारवादी प्रवृत्तिलाई दृढतापूर्वक र एकताबद्ध रूपमा अस्वीकार गर्नुपर्ने बताएका छन् ।

श्रेष्ठले भनेका छन्-

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) अमेरिकी राष्ट्रपति ट्रम्पको गाजालाई अमेरिकाले "कब्जा" गर्ने र गाजामा रहेका प्यालेस्टिनी जनतालाई विश्वका अन्य भागहरूमा पठाउने भनी दिएको अभिव्यक्तिको कडा निन्दा गर्दछ। ट्रम्पको प्रस्ताव सदस्य राष्ट्रहरूको सार्वभौम समानताको स्थापित सिद्धान्त, अन्तरराज्यीय सम्बन्धको आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्र विपरीत छ र प्यालेस्टिनी मुद्दाहरूमा संयुक्त राष्ट्र संघका सबै प्रस्तावहरूलाई गम्भीर रूपमा कमजोर बनाउँछ। सबै देशहरू र विश्वका जनताले यस्तो साम्राज्यवादी र विस्तारवादी प्रवृत्तिलाई दृढतापूर्वक र एकताबद्ध रूपमा अस्वीकार गर्नुपर्छ र प्यालेस्टिनी जनताको सार्वभौम अधिकार र प्यालेस्टाइनको सार्वभौमिकताको पक्षमा उभिनुपर्छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै