• २०८१ माघ २३ बुधबार

वागमतीको दायाँ बायाँका सार्वजनिक जग्गामा बनेका अवैध संरचना खाली गर्न एक साताको समय

kharibot

काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, काठमाडौँले वागमती खोलाको दायाँ बायाँ क्षेत्र भित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्ड विपरित बनेका संरचना खाली गर्न एक साताको समय दिएको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै वागमती खोलाको दायाँ बायाँ क्षेत्र भित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्ड विपरित निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिन भित्र हटाउन वा खाली गर्न हुन जानकारी गराएको छ ।

कार्यालयले तोकिएको समयमा खाली नगरेमा प्राधिकरण ऐन २०४५, अन्तर्गत कारवाही गरिने चेतावनी दिएको छ ।

कार्यालयले सूचनामा भनेको छ- 'वागमती खोलाको दायाँ बायाँ क्षेत्र भित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्ड विपरित निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिन भित्र हटाउन वा खाली गर्न हुन जानकारी गराइन्छ । अन्यथा प्राधिकरण ऐन २०४५, अन्तर्गत कारवाही गरिनेछ ।'

काठमाडौँ उपत्यका विकास प्राधिकरणको काठमाडौँ जिल्ला आयुक्तका रुपमा सुवास बस्नतेको आगमनपछि प्राधिकरण हाल आक्रामक भएर सरकारी वा सार्वजनिक जग्गा संरक्षणको अभियानमा जुटेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै