Skip This
  • २०८१ असोज ३ बिहीबार

आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन 

kharibot

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट टैसन लामाको अध्यक्षतामा १६९ सदस्यीय कमिटी गठन भएको हो ।

आईटी आर्मीको काठमाडौं उपत्यका कमिटीको इन्चार्जमा आर्या पाण्डे, अध्यक्षमा टैसन लामा, उपाध्यक्षमा भवेश यादव, जिवन पुलामी मगर, आदित्य यादव, आयुष लामा, सागर लामा, शुक्रराज तामाङ, सोम लामा सचिवमा अखिल यादव, सहसचिवमा सरोज पटेल, हिराबहादुर लामा, युवराज तामाङ, युवराज लामा, विशाल साह र कोषाध्यक्षमा रोजी कार्की रहेका छन् ।

सदस्यहरुमा सुदिप लामा, हरिश नेपाली, राजु मगर, राजेश भट्ट, राधेश्याम यादव, भोला यादव, अनिल मगर, अशोक कुमार, प्रभु पासवान, ललन साह, राजेश पासवान, मनिल थापा, शिव सोनारत साह, अनिल यादव, रञ्जन यादव, बिजय यादव, रुपेश यादव, आशिष यादव, दिपक साह, रोशन यादव, अनिल महतो, मनिष यादव, अजय यादव, अमय यादव, आयुष कुमार, सूर्य बिक्रम साह, सन्दिप पाठक, बिकेश बुढाथोकी, मुकेश शर्मा रहेका छन् ।

यसैगरी, सदस्यहरुमा रिजन थापा, बिजय थापा, अर्नुन थापा, आयुष थापा, उपेन्द्र जैसवाल, रामस्नेही पटेल, अवासय पटेल, सुशिल लामा, सुरेश पटेल, श्रीकान्त पटेल, लक्ष्मण पटेल, निरुता आचार्य, रोश अधिकारी, सुजित यादव, विशांक पाण्डे, सुशिल बिक, रियान्सु धटाल, मन्जु दास, करुणा तामाङ, प्रमिश कार्की लगायतका रहेका छन् ।

आईटी आर्मीले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको निर्णय काठमाडौं उपत्यकामा कार्यान्वयन गर्ने योजना सहित अगाडी बढेको इन्चार्ज आर्या पाण्डेले जनाएका छन् । लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा चरणबद्ध रुपमा अगाडी बढाउँने पाण्डेले बताए ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई काठमाडौं उपत्यकामा शसक्त रुपमा कार्यान्वयन गरिने उनले बताए ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने मुख्य दायित्व अब आईटी आर्मीको काँधमा आएको उनले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै