• २०८१ माघ २० आइतबार

पाथीभरा केबलकार निर्माण विवाद, अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित

kharibot

इटहरी । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा शुरु भएको विवादका कारण अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ ।

बन्दका कारण ताप्लेजुङसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको छैटौं दिन आइतबार पनि ताप्लेजुङसहित ९ जिल्लाका छोटो तथा लामो दूरीका यातायात प्रभावित भएका छन् । 

बन्दका कारण दैनिक उपभोग्य वस्तुको अभाव समेत सृजना हुन थालेको छ । स्थानीय व्यवसायीहरुले बन्दका कार्यक्रम फिर्ता लिएर जनजीवन सामान्य बनाइदिन आन्दोलनरत पक्षसँग तथा आन्दोरत पक्षसँग वार्ता गरी समस्याको निकास खोज्न सरकारसँग पटक–पटक आग्रह गरेको छ । 

साथै व्यवसायीहरुले आन्दोलरत पक्षका मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था याक्थुङ सयङ सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघलाई ध्यानाकर्षण पत्र लेख्दै बन्दका कार्यक्रमले जनजीवनमा पुर्याएको असर बुझेर बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडप र सो क्रमम 'नो केबलकार' पक्षले माघ १५ देखि १९ गतेसम्म केबलकार खारेजी र पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा बन्दको आवह्वान गरेका छन् । उनीहरूले आइतबारबाट माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द र त्यसपछि यि जिल्लाहरूमा आम हड्तालको आवह्वान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयले माघ १८ गते केबलकार सम्बन्धी विषयको निमयन गर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भएकोले समस्या समाधानका लागि तत्काल प्रकृया अघि बढाउन संघीय मामिला मन्त्रालयलाई पत्र लेखेको छ । आन्दोलनरत पक्षले भने वार्ताका लागि सरकारबाट अहिलेसम्म औपचारिक जानकारी नआएको बताएको छ।

आन्दोलनरत पक्षले केबलकार खारेज हुनुपर्ने मुख्य सर्त अघि सारेर प्रारम्भिक चरणमा केबलकार निर्माण क्षेत्रबाट निर्माण उपकरण र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने र पक्राउ कार्यकर्ता रिहा हुनुपर्ने सर्त अघि सारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै