• २०८१ माघ २३ बुधबार

आहा–रारा पोखरा गोल्डकपमा पुलिस क्लबसँग सहारा स्तब्ध

kharibot

पोखरा । पोखरामा मंगलबारबाट सुरु भएको २४औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब विभागीय टिम नेपाल पुलिससँग १–० ले स्तब्ध भएको छ ।

पुलिसका उज्वल राईले गरेको निर्णायक गोलको मद्दतले ६ पटकको विजेता पुलिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो । राईले खेलको ३६औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए ।

पुलिसले माघ २६ मा ब्रिगेड ब्वाइज क्लब, यूकेसँग क्वाटरफाइनल खेल्ने छ । बुधबारको खेल विभागीय टोली एपीएफ र ए डिभिजन लिग टिम मछिन्द्र फुटबल क्लबबीच हुने छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । सहारा क्लब पोखराले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । उद्घाटन समारोहमा उनलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित क्लबले सम्मान गरेको हो । उक्त पुरस्कार बापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै