काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा सम्पन्न खेलमा क्रिस्टल प्यालेसले २-० गोल अन्तरले जित हासिल गरेको हो ।
क्रिस्टल प्यालेसको जितमा दुवै गोल जीन फिलिप माटेटाले गरेका थिए । उनले खेलको ६४ र ८९औं मिनेटमा गोल गरेका थिए ।
क्रिस्टल प्यालेसको यो जितपछि २४ खेलमा ३० अंक भएको छ र लिगमा १२औ स्थानमा रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा ११औ हार बेहोरेको छ । म्यानचेस्टर युनाइटेडको २४ खेलमा २९ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।