• २०८१ माघ २३ बुधबार

मनिषाको उत्कृष्ट बलिङपछि थाइल्याण्ड १०६ रनमा रोकियो

kharibot

काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गत थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १०६ रन बनाएको हो ।

थाइल्याण्डलाई कम रनमा रोक्न नेपालकी बलर मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरेकी थिइन् । मनिषाले थाइल्याण्डविरुद्ध ४ ओभरमा एक मेडनसहित १८ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले एक विकेट रनआउट समेत गरेकी थिइन् ।

थाइल्याण्डका लागि चानिदा सुथीरुआंगले सर्बाधिक २७ रन बनाएकी थिइन् भने थिपाटचा पुथावोंगले २५ रन बनाएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै