• २०८१ माघ २३ बुधबार

पहिलो जितको खोजीमा रहेको नेपालले थाइल्याण्डविरुद्ध बलिङ गर्दै

kharibot

काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत आज नेपाल र थाइल्याण्डबीच खेल हुदै छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलमा थाइल्याण्डले टस जितीर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । 

जारी सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेर दबाबमा रहेको छ । नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्था रहेको छ । नेपालले यस अघि नेदरल्याण्डससँग २ पटक हार बेहोरेको छ भने थाइल्याण्डसँग एक खेलमा हार बेहोरेको थियो । त्यस्तै थाइल्याण्डले भने लगातार तेस्रो जित हासिल गर्दै सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।   

३-३ खेलको राउण्ड रोबिनका आधारमा जारी रहेको यस सिरिजमा ५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्डस, ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।               

क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै