• २०८१ माघ २२ मंगलबार

यौन मनोविज्ञानमा बनेको फिल्म‘दुःखी आत्मा’ को ट्रेलर सार्बजनिक

kharibot

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ ।

ट्रेलरमा दयाहाङ र आँचलको रोमान्स, द्वन्द्व, हास्य र गहिरा संवाद प्रस्तुत गरिएको छ, जुन दयाहाङले अघिल्ला फिल्महरू भन्दा भिन्न रूपमा रोमान्टिक तर पीडित पात्रको भूमिका निर्वाह गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्। आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

‘दुःखी आत्मा’ फागुन २ गते, अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुन लागेको हो। फिल्म क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै