• २०८१ माघ २२ मंगलबार

चीनको अमेरिकालाई जवाफी कारवाही, १० प्रतिशत कर लगाउने घोषणा

kharibot

काठमाडौँ । चीनले अमेरिकालाई जवाफी कारवाही गर्दै १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

चीनले अमेरिकाबाट आयात हुने उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणा गरेको हो । यसले अमेरिकाबाट चीनले गर्ने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्ने देखिएको छ । चीनले यी करका दर फेब्रुअरी १० देखि लागु  गर्ने सिन्ह्वाले उल्लेख गरेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनका कारण आफो देशका उद्योग संकटमा परेको भन्दै चीनविरुद्ध १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसको जवाफमा चीनले पनि प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको हो ।

ट्रम्पले मेक्सिको र क्यानडाविरुद्ध लगाइएको २५-२५ प्रतिशत कर भने ३० दिनका लागि स्थगित गरेका छन् । उनले क्यानडा र मेक्सिकोसँग कुरा गरेर सीमामा १०-१०  हजार सुरक्षाकर्मी तैनाथ गर्ने सहमति गर्दै हाललाई एक महिनाका लागि कर लागु नगर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै