काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १९ सयले बढेर एक लाख ६४ हजार ७०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६२ हजार ८०० सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर तोलाको १९३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।