• २०८१ माघ २२ मंगलबार

अमेरिकाको धम्कीपछि पनामाले चिनियाँ परियोजना बीआरआई नवीकरण नगर्ने

kharibot

पनामाका राष्ट्रपति राउल मुलिनो र अमेरिकी विदेशमन्त्री मारको रुबियो ।

काठमाडौँ । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने बताएका छन् ।  पानामाले २०१७ मा चीनसँग यो सम्झौतामा हस्ताक्षर गरेको थियो । अब, यो समयभन्दा पहिले नै समाप्त हुने सम्भावना देखिएको छ ।

मुलिनोले नयाँ लगानीमा अमेरिकासँग काम गर्ने इच्छा व्यक्त गर्दै चिनियाँ परियोजना बीआरआई नविनकरण नगर्ने बताएका छन् । आइतबार पानामा भ्रमणमा पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामालाई चिनियाँ हस्तक्षेप कम गर्न चेतावनी दिएपछि राष्ट्रपति मुलिनोको यस्तो बयान आएको हो ।

मुलिनोले रुबियोको भ्रमणलाई सम्बन्धमा नयाँ ढोका खोल्ने बताए । यद्यपि, उनले पनामा नहरको सार्वभौमिकतामा कुनै बहस नहुने कुरा पनि दोहोर्‍याए । उनले रुबियोसँग नहरमा चीनको बारेमा अमेरिकी चिन्ताको बारेमा छलफल भएको बताए।

रुबियोको भ्रमणको क्रममा अमेरिकाले पानामा नहरमा चीनको नियन्त्रणको अर्थ अमेरिकाले आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएको थियो । १९७७ मा, संयुक्त राज्य अमेरिकाले एक सन्धि मार्फत पनामालाई पनामा नहर नियन्त्रण हस्तान्तरण गरेको थियो । सम्झौता अनुसार, यदि कुनै विदेशी शक्तिले नहरको सञ्चालनमा बाधा पुर्‍यायो भने, अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्ने उल्लेख छ ।

यद्यपि, मुलिनोले अमेरिकाले नहर पुनः कब्जा गर्न सैन्य कारबाही गर्ने कुरा भने अस्वीकार गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना, शपथ ग्रहण गर्नुअघि नै, पनामा नहरलाई अमेरिकी नियन्त्रणमा फिर्ता लिने धम्की दिएका थिए । यो नहर क्यारिबियन देश पानामाको भाग हो । सन् १९९९ सम्म यो नहरमा अमेरिकाको नियन्त्रण थियो ।

ट्रम्पले पनामाले नहर प्रयोग गरेबापत अमेरिकाबाट बढी शुल्क लिइरहेको बताउदै यस बाहेक नहरमा चीनको प्रभाव बढिरहेको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै