• २०८१ माघ २३ बुधबार

पाथीभरा केबलकार विवादमा आन्दोलनरत पक्षले पनि बनायो वार्ता समिति

kharibot

काठमाडौँ । मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरूको तर्फबाट पनि वार्ता सहजीकरण समिति गठन भएको छ ।

प्राज्ञ अमर तुम्याहाङ संयोजक रहेको सहजीकरण समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंघक (सरू) सदस्य रहेको मुक्कुमलुङ संरक्षक संस्थाहरूका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षको स्थायी समाधान तथा वार्ताका लागि न्यूनतम वातावरण बनाउन सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस अघि सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रका केवलकार निर्माणका क्रममा उत्पन्न विवाद देखा परेका समस्या समाधानका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार राति वार्ता समिति बनाएको थियो ।

भट्टराईको नेतृत्वमा रहेको समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै