काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाइ गरेको जनाएको छ ।
उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको हो । क्यानले देसाईलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ ।
मोन्टीको कार्यकाल नेपाली क्रिकेटका लागि निकै सफल रहेको छ । यस अवधिमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै एकदिवसीय विश्वकपको क्वालिफायर समेत खेलेको थियो । यसका अलावा नेपालले देसाईकै नेतृत्वमा पहिलो पटक एसिया कप खेल्दै भारत र पाकिस्तानसँग खेल्ने अवसा पाएको थियो । त्यस्तै १० बर्षपछि दोस्रो पटक टी-२० विश्वकप समेत खेलेको थियो ।