• २०८१ माघ २० आइतबार

श्रीलंकाविरुद्ध अस्ट्रेलिया इनिंग र २४२ रनले विजयी

kharibot

काठमाडौँ । अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा जित हासिल गरेको छ । शनिबार सम्पन्न टेस्टमा अस्ट्रेलियाले श्रीलंकालाई इनिंग र २४२ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले पहिलो इनिंगमा ६ विकेट गुमाउदै ६५४ रन बनाएर इनिंग घोषणा गरेको थियो । अस्ट्रेलियाका लागि उसमान ख्वाजाले २३२ रन बनाएका थिए भने स्टिभ स्मिथले १४१ तथा जोश इंगलिसले १०२ रन बनाएका थिए ।

त्यसपछि ब्याटिंग गर्न आएको श्रीलंकाले पहिलो इनिंगमा १६५ र दोस्रो इनिंगमा २४७ रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलियाले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलियाले अब दोस्रो टेस्ट फेब्रुअरी ६ देखि खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै