काठमाडौँ । संसद अधिवेशनको पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बैठक बहिष्कार गरेका छन् ।
बैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अनुसारको बैठक अगाडी बढाउन शुरु गरेपछि रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए । रास्वपाका सांसदहरुले बैठकको शुरुमै बोल्ने समय माग गर्दै अवरोध गरेका थिए । सभामुखले दलीय आधारमा आफ्ना भनाई राख्नुपर्ने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
सभामुखले बोल्न नदिएर बैठक अगाडी बढाएपछि रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
अहिले संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।