• २०८१ माघ १८ शुक्रबार

सरकारले जारी गरेका ६ वटा अध्यादेश प्रतिनिधि सभामा पेस

kharibot

काठमाडौं । सरकारले ६ वटा अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ ।

शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले पेस गरेका हुन् ।

त्यस्तै उपप्रधान एवम अर्थमनत्री पौडेलले नै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्धन सम्बन्धी अध्यादेश पेस गरेका छन् । संसद्को अधिवेशन अन्त्य भएका बेला सरकारले ल्याएका अध्यादेश संसद् बैठक बसेको पहिलो दिन शुक्रबार पेस भएका हुन् । ती अध्यादेश ६० दिनभित्र संसदमा पेश नभएका स्वत निश्क्रिय हुने कानूनी व्यवस्था रहेको छ ।

सरकारले अब २४ गते बस्ने अर्को बैठकमा यी अध्यादेश पारित गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै