• २०८१ माघ १२ शनिबार

सेमिफाइनलमा जोकोभिच घाइते, ज्वेरेभ अस्ट्रेलियन ओपनको फाइनलमा

kharibot

काठमाडौँ । नोभाक जोकोभिच खेलका क्रममा घाइते भएर खेल छोडेपछि अलेक्जेन्डर ज्वेरेभ अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् ।

कीर्तिमानी ११औं उपाधिको लागि दाबी गरिरहेका जोकोभिचले पहिलो सेट ७-६ (७-५) ले हारेपछि खेल छोडेका थिए ।

३७ वर्षीय जोकोभिच क्वाटरफाइनलमा कार्लोस अल्काराजविरुद्धको खेलमा घाइते भएपछि उनको माथिल्लो बायाँ खुट्टामा गहिरो टेप लगाएर यो खेल खेलिरहेका थिए । पहिलो सेट सकिना साथ जोकोभिच तुरुन्तै नेटमा पुगेर ज्वेरेभसँग हात मिलाउदै खेल छोडेका थिए ।

दोस्रो वरीयता प्राप्त जर्मनी खेलाडी ज्वेरेभले दुई पटक प्रमुख फाइनलमा हारेपछि पनि आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधिको लागि अब फाइनल खेल्ने निश्चित भएको छ ।

आफ्नो पहिलो अस्ट्रेलियन ओपन फाइनलमा, उनले इटालियन शीर्ष वरीयता प्राप्त जानिक सिन्नर वा अमेरिकी २१औं वरीयता प्राप्त बेन शेल्टनको सामना गर्नेछन् । फाइनल खेल आइतबार हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै