• २०८१ माघ १२ शनिबार

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

kharibot

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। छनौट समितिले दिएको अन्तिम दिन आज १२ जनाको आवेदन परेको हो।

आवेदन दिनेहरूमा कमलप्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरन्जीवी चापागाई, विष्णु वावु मिस्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसैला, डिमप्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोद काजी श्रेष्ठ रहेका छन्। 

तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै