काठमाडौँ । सर्बियाका नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनलमा उनले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-३, ६-४ ले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । खेलमा पहिलो सेट गुमाएपछि, उनले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेका थिए ।
कार्लोस अल्काराजले सन् २०२३ मा विम्बल्डन पुरुष एकलको उपाधि जित्दा नोभाक जोकोभिचलाई हराएर पहिलो पटक उपाधि जितेर सबैलाई चकित पारेका थिए ।
अब जोकोभिचले सेमिफाइनल खेलमा जर्मन टेनिस खेलाडी अलेक्ज्याण्डर ज्वेरेभको सामना गर्नेछन् । यो खेल शुक्रबार हुने छ ।
जोकोभिच अस्ट्रेलियन ओपनमा योसहित १२औं पटक सेमिफाइनलमा पुगेका छन्, जसमा उनले अहिलेसम्म १० उपाधि जितेका छन् ।