• २०८१ माघ ९ बुधबार

सिंहदरवार पुगे हर्क साम्पाङ, प्रहरीले खोस्यो गाग्री

kharibot

काठमाडौँ । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । सिंहदरबारमै प्रहरीले उनको गाग्री भने खोसेको छ ।

उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरेपनि अहिलेसम्म पानीको अभाव उस्तै छ । साम्पाङ मेयर बनेपछि श्रमदान अभियान चलाएर धरानमा पानी ल्याए पनि उनले दिर्घकालिन समाधानका लागि केन्द्रले योजना दिनुपर्ने माग राखिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै