काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई फिर्ता लिने घोषणा गरेका छन् ।
आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले संयुक्त राष्ट्र संघको जनस्वास्थ्य एजेन्सीसँगको सम्बन्ध तोड्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्प लामो समयदेखि डब्लुएचओको आलोचना गर्दै आएका थिए । यसअघि ट्रम्प राष्ट्रपति हुदा जुलाई २०२० मा औपचारिक रूपमा अमेरिका डब्लुएचओबाट अलग्गिएको थियो ।
ट्रम्पले डब्लुएचओले चीनको वुहान र अन्य विश्वव्यापी स्वास्थ्य संकटहरूबाट उत्पन्न भएको कोभिडको समयमा गलत व्यवस्थापन गरेको, तत्काल आवश्यक सुधारहरू अपनाउन असफल भएको र डब्लुएचओ सदस्य राष्ट्रहरूको अनुपयुक्त राजनीतिक प्रभावबाट स्वतन्त्रता प्रदर्शन गर्न असमर्थ भएको बताएका छन् ।
साथै अमेरिकाले अन्य देशहरूको तुलनामा संगठनलाई धेरै पैसा तिरिरहेको बताउदै यो अनुपयुक्त भएको जिकिर गरेका छन् ।