• २०८१ माघ ८ मंगलबार

लेखा समितिका सभापतिको मागियो राजीनामा

kharibot

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्बजनिक लेखा समिति बैठकमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् । सांसदहरुले लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका  थिए ।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले वन्धक बनाउन खोजेको आरोप लगाउदै सरकार पक्षले नै समिति सभापति राखेर वन्धक बनाउन नहुने टिप्पणी गरेका थिए । उनले लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गर्दै सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने धारणा राखेका थिए ।

त्यसैगरी बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए । उनले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने बताउदै विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताए । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए । उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन आग्रह गर्दै लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताए । 

त्यसैगरी माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाउदै सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताए । लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने बताउदै उनले सभापतिले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै