• २०८१ माघ ८ मंगलबार

बाइडेनले जादाजादै डा. एन्थोनी फाउचीसहितलाई किन दिए पुर्व क्षमादान ?

kharibot

काठमाडौं । आफ्नो कार्यकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना निकटहरुलाई पुर्व क्षमादान दिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएर कार्यकाल शुरु गर्नु अघि बाइडेनले आफ्नो कार्यकालमा आफुलाई साथ दिएका केहि हाइप्रोफाइल व्यक्तित्वलाई पुर्व क्षमादान दिएर ट्रम्पले गर्ने सम्भावित कारवाहीबाट बचाएका छन् ।

पुर्व क्षमादान पाउनेमा चर्चित स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउची, धानसेनापति मार्क मिले र क्यापिटोल हिलको जनवरी ६ मा भएको दंगाको छानबिन गर्ने संसदहरुलाई बाइडेनले पुर्व क्षमादान दिएका हुन् । बीबीसीका अनुसार बाइडेनबाट पुर्व क्षमादान दिएका यी राष्ट्र सेवकलाई कुनै कसुरमा कारबाही गर्न पाइने छैन । 

क्यापिटोल हिलको दंगा बारे छानबिन गर्ने समितिको कामप्रति ट्रम्प र उनका समर्थकहरुले पटक पटक आलोचना गर्दै उनीहरुलाई कारवाही गर्नुपर्ने बताउदै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै