• २०८१ माघ ७ सोमबार

दक्षिण कोरियाका राष्ट्रपति योलको हिरासतको अवधि २० दिनले बढाइयो

kharibot

काठमाडौँ । दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक-योलको हिरासतको अवधि बढाइएको छ ।

सियोल अदालतका एक न्यायाधीशले योललाई अनुसन्धानकर्ताहरूले थप २० दिनसम्म हिरासतमा आदेश दिएका छन् । युन सुक योललाई गत बुधबार पक्राउ गरिएको थियो ।

पक्राउ पर्नबाट रोक्न राष्ट्रपति सुरक्षा सेवाका कर्मचारीहरूले ब्यारिकेड्स खडा गरेका थिए । यस समयमा युन सुक योलका समर्थकहरू पनि भेला भएका थिए।

गत वर्ष डिसेम्बरमा युन सुक योलले देशमा मार्शल ल लगाउने घोषणा गरेपछि विवाद उत्पन्न भएपछि उनले त्यसलाई फिर्ता लिएका थिए ।

त्यसपछि युन सुक योल विरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र संसदमा पारित भयो । युन विरुद्धको देशद्रोहको आरोपको पनि अनुसन्धान भइरहेको छ।

संवैधानिक अदालतले महाभियोग मार्फत युन सुक-योललाई पदबाट हटाउने वैधानिकताको बारेमा फैसला गर्न भने बाँकी छ । यस कारणले गर्दा, योल प्राविधिक रूपमा अझै पनि दक्षिण कोरियाको राष्ट्रपति नै रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै