काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट गरेका छन् ।
सामाजिक संजालमा लेख्दै थापाले आफुले पार्टी एकताको प्रस्ताव गरेको हालका भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर गरेको स्पष्ट गरेका हुन् ।
उनले भनेका छन्-
'मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होईन । हालका भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो । यो समय फेरि नआउन सक्छ ।'
थापाले राप्रपासहितका राजावादी शक्तिलाई एकताको प्रस्ताव गरेपनि राप्रपा अध्यक्षले उनको गृहजिल्ला मकवानपुरको एक कार्यक्रममा थापातर्फ इंगित गर्दै कसैसँग एकता नगर्ने बताएका थिए ।