रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटको सीमाक्षेत्र बाट अबैध पेस्तोल र गोली सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी बसन्तपुर ग्राम पंचायत ९ बस्ने बर्ष २६ को धनन्जय कुमार झा पेस्तोल र गोली सहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्। उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल , सोको म्यागजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईंले बताएका छन।
बरामाद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आईतवार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन्।
भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल FOB मठिया बाट खटिईगएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाईरहेका शंकास्पद ३ जना व्यक्तिहरुलाई चेकजाच गर्ने क्रममा २ जना व्यक्तिहरु तत्कालै फरार भएको थियो।
पेस्तोल बोकेका धनन्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट विआर ०५ वि डी १२२४ नम्बरको अपाचे मोटरसाईकल १ थान र सामसुङ्ग कम्पनीको ए ३५ मोबाईल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटले जानकारी दिएको छ ।