रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ। आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
गएराति सवा २ बजेको समयमा राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो ।
आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र ३ वटा बाख्रा, राम सोगारथ पासवान, दिपेन्द्र पासवान, बिजय पासवान, कान्ति देबि पासवान, प्रदिप पासवान, लगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट सातजनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
आगलागि भएको खवर पाउना साथ बिओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपलिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पुर्ण रुपमा नियिन्त्रणमा आएको अन्य मानवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।