काठमाडौं । सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ ।
गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
उनका अनुसार हिउँदे अधिवेसनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।