काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनलमा रियल म्याड्रिडमाथि शानदार ५-२ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।
बार्सिलोनाले एल क्लासिको जित्नेक्रममा राफिन्हाले २ गोल गरेका थिए भने लामीन यमल, रोबेर्ट लेवानडोस्की, अलेजान्द्रो बाल्डले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए ।
यस खेलमा बार्सिलोनाका गोलकिपर वोजेक स्जोजेन्सीले खेलको ५६औं मिनेटमा रातो कार्ड पायेपचि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
योसहित बार्सिलोनाले सबैभन्दा बढी १५ पटक स्पेनिस सुपर कोपाको उपाधि जितेको छ । त्यस्तै रियल म्याड्रिडले भने १३ पटक यो उपाधि जितेको छ ।