काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तैगरी कर्णाली प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।