• २०८१ पौष २९ सोमबार

रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

kharibot

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान सुरु भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछानेको बयान थालिएको हो । बयानपछि उनको थुनछेक बहस पनि अधिकारीकै इजलासमा हुनेछ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा रहेका थिए । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै