काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा शपथ लिनु अघि फेसबुकको मातृ कम्पनी मेटा र अमेजन डटकमले आफ्ना उदारवादी कार्यक्रमहरू (विविधता, समानता र समावेशीकरण) अन्त्य गर्ने निर्णय गरेका छन् ।
यसमा घृणायुक्त भाषणमा खुकुलो पार्नुका साथै धेरै उदार नियमहरू अन्तर्गत तथ्य-जाँच रद्द गर्नु समावेश छ । कम्पनीहरूले यस्ता पहलहरूको कारण रूढिवादी विरोधलाई उद्धृत गरेका छन् । अर्कोतर्फ, निवर्तमान राष्ट्रपति जो बाइडेनले तथ्य-जाँच कार्यक्रमहरू रद्द गर्ने निर्णयलाई 'लज्जास्पद' भनेका छन् ।
बाइडेनले सामाजिक सञ्जाल कम्पनीहरूको यस्तो निर्णय साँच्चै लज्जास्पद भएको बताए । २०२० अमेरिकामा जर्ज फ्लोयडको प्रहरी हत्या र अन्य अश्वेत नागरिकहरूले भोगेको अनादर पछि, कम्पनीहरूलाई थप समावेशी नीतिहरू बनाउन भनिएको थियो ताकि कुनै पनि समुदायले अन्यायपूर्ण व्यवहार महसुस नगरोस् । अर्कोतर्फ, अमेजन डट कमले प्रतिनिधित्व र समावेशीकरणसँग सम्बन्धित कार्यक्रमहरू र सामग्रीहरू पनि बन्द गर्ने भएको छ ।
त्यस्तै म्याकडोनाल्डले पनि आफ्ना यी कार्यक्रमहरु बंग गरेको छ ।
मेटा र अमेजन डटकमको यो निर्णयप्रति मानव अधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन् । अब मेटा प्रयोगकर्ताहरूले अब लैङ्गिक पहिचान, यौन मामिला, अश्वेत र आप्रवासन जस्ता मुद्दाहरूमा खुला रूपमा टिप्पणी गर्न सक्ने भएका छन् । मानव अधिकार समूहहरूले यो कदमले सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्तिको बाढी आउने र यसको प्रत्यक्ष प्रभाव समाजमा पर्ने विश्लेषण गरेका छन् ।