काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले इङ्ग्ल्याण्डविरुद्धको टी-२० सिरिजका लागि तीव्र गतिका बलर मोहम्मद शमीको पुनरागमन भएको छ ।
२०२३ नोभेम्बरको एकदिवसीय विश्वकप फाइनलको १४ महिनापछि उनले अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका हुन् । यसैबीच, जसप्रीत बुमराह र मोहम्मद सिराजलाई भने यस सिरिजबाट आराम दिइएको छ । बीसीसीआईले घोषणा गरेको टिममा अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ भने सूर्यकुमार यादवले टोलीको कप्तानी गर्नेछन्।
त्यस्तै टिममा ऋषभ पन्तलाई समावेश गरिएको छैन भने उनको स्थानमा ध्रुव जुरेल ब्याकअप विकेटकिपर हुनेछन् । वाशिंगटन सुन्दर र नितिश कुमार रेड्डीलाई पनि टोलीमा स्थान दिइएको छ । पाँच खेलको टी-२० सिरिज जनवरी २२ देखि फेब्रुअरी २ सम्म खेलिनेछ । त्यसपछि तीन एकदिवसीय खेलको सिरिज फेब्रुअरी ६ देखि सुरु हुनेछ । एकदिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि टिमको घोषणा भने गरिएको छैन ।
भारतको टी-२० टिम: सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), संजु सामसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकु सिंह, नितीश रेड्डी, हर्षित राणा, अर्शदीप सिंह, मोहम्मद शमी, ध्रुव जुरेल (विकेटकिपर), रवि बिश्नोई, वरुण चक्रवर्ती र वाशिंगटन सुन्दर ।