• २०८१ पौष २१ आइतबार

सुदूरपश्चिम प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त

kharibot

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरिएको छ ।

धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेकी छन् । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलोपटक महिला नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त राना नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । आयोगको सदस्यमा नियुक्त डा. चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुन् ।

नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै