Skip This
  • २०८१ पौष २५ बिहीबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फको बहस सकियो

kharibot

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फको बहस सकिएको छ ।

रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा सहकारी पीडितहरुको तर्फबाट आज कानुन व्यवसायीहरु युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र हरि कट्टेलले बहस गरेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा जाहेरवाला तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तीहरुको संलग्नको प्रमाण प्राप्त भएकाले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुनसक्ने भन्दै पुर्पक्षमा पठाउनुपर्ने बहस गरेका थिए ।

प्रतिवादी पुर्वगृहमन्त्री लामिछानेसहित, पूर्वडीआईजी एवम गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल लगायतले संगठिन रुपमा अपराध गरेकाले थुना मै राखेर मुद्दा अगाडी बढाइनुपर्ने उनीहरुको दाबी थियो । बुधबार सरकारी वकिलको तर्फबाट बहस सकिएपछि आज जाहेरीवालाको तर्फबाट बहस भएको हो ।

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस हुने छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीहरुलाई थुना मै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश दिनेछन् । आज बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी जोशी, पछाई, खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । 

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै