काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
दिउँसो काठमाडौंको कालिमाटीस्थित शाहको निवासमा पुगेर मन्त्री राणाले उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी हुन् ।
पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्।