Skip This
  • २०८१ पौष २५ बिहीबार

२००८ को मुम्बई हमलाका मुख्य योजनाकारलाई भारत सुपुर्दगी गर्न अमेरिका तयार

kharibot

काठमाडौँ । सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार तहव्वुर राणालाई भारत ल्याइने भएको छ । अमेरिकी अदालतले उनलाई भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । अहिले भारतले उनलाई यहाँ ल्याउने प्रक्रियालाई तिव्रता दिएको छ ।

भारतले अमेरिकासँग तहव्वुर राणालाई सुपुर्दगी गर्न माग गरेको थियो । सुपुर्दगी रोक्न माग गर्दै राणाले तल्लो अदालतमा निवेदन दिए पनि अदालतबाट राहत पाएनन् । यी अदालतको फैसला राणालाई भारत सुपुर्दगी गर्ने पक्षमा थियो ।

यसपछि गत नोभेम्बर १३ मा राणाले अमेरिकी अदालतमा निवेदन दिए, जसमा उनले २००८ को मुम्बई आतंकवादी हमलाको आरोपबाट आफूलाई शिकागोको संघीय अदालतले सफाइ दिएको भन्दै तल्लो अदालतमा पहिले दिएको तर्क नै दिएका थिए । बाइडेन प्रशासनले सर्वोच्च अदालतमा राणाको निवेदन खारेज गर्न माग गरेको थियो ।

अमेरिकी सोलिसिटर जनरल प्रिलोगरले आतंकवादी हमलाका अभियुक्त तहव्वुर राणाको निवेदनमा असहमति जनाएका छन् । उनले भारतले सुपुर्दगीको माग गरेको व्यवहार अमेरिकी सरकारको अभियोगको दायराभित्र रहेको सरकारलाई विश्वास नभएको बताए । अध्यागमन कानून केन्द्रको शाखा कार्यालय खोल्नका लागि भारतीय रिजर्भ बैंकमा बुझाएको निवेदनमा आरोपीले गलत जानकारी दिएका छन् । अब अमेरिकी अदालतले राणाको निवेदन खारेज गरेको छ । यसपछि राणाको भारत सुपुर्दगीको बाटो खुलेको छ । भारतले उनलाई यहाँ ल्याउने प्रक्रियालाई तीव्रता दिएको छ ।

सन् २००८ मा पाकिस्तानबाट डुंगामा आएका लश्कर–ए–तैयबाका १० आतंकवादीले मुम्बईलाई करिब ६० घण्टासम्म बन्धक बनाएका थिए । यस अवधिमा उनीहरुले १६० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए । जवाफी कारबाहीमा, सुरक्षा बलहरूले घटनास्थलमा नौ आतंककारीहरूलाई मारेका थिए, जबकि एक आतंककारी, अजमल कसाब जीवितै पक्राउ परेका थिए । जसलाई पछि फाँसी दिइएको थियो । मुम्बई आतङ्ककारी हमलामा मारिनेमा २६ विदेशी नागरिक पनि थिए ।

भारतले मुम्बईमा भएको आतंकवादी हमलामा आफ्नो भूमिका रहेको भन्दै सुपुर्दगीको अनुरोध गरेपछि राणालाई अमेरिकामा पक्राउ गरिएको थियो । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले सन् २००८ मा पाकिस्तानमा रहेको लस्कर-ए-तैयबा आतङ्ककारीहरूले गरेको २६/११ को हमलामा राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।  भारतले जुन १०, २०२० मा ६२ वर्षीय राणालाई सुपुर्दगीका लागि अस्थायी पक्राउ गर्न माग गर्दै उजुरी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै