• २०८१ पौष २१ आइतबार

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार योजनाको विजेता घोषणा

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा'  योजना अन्तर्गत मेगा बम्पर उपहार  'आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने' विजेताको नाम घोषणा गरेको छ ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक, प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय प्रणालीबाट विजेता छनौट गर्दा  कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम ४१ हजार ९०९ को १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका छन् । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मङ्सिर ३० गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने '१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा' उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टपअप ) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन ) जित्न सफल भईसकेका छन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै