• २०८१ पौष २१ आइतबार

यस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान

kharibot

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशीक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशक हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै