काठमाडौँ । अस्ट्रेलियाको मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको बक्सिङ डे टेस्ट म्याचमा भारतको पहिलो इनिङ्स सकिएको छ ।
चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो इनिङ्स ३६९ रनमा समेटिएको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो ।
भारतका लागि नितिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक प्रहार गर्दै ११४ रन बनाएर आउट भएका थिए । भारतीय टोलीको पहिलो इनिङ्समा यशस्वी जैसवालले ८२, नितिश रेड्डीले ११४ र वासिङ्टन सुन्दरले ५० बाहेक कुनै पनि खेलाडीले खास प्रदर्शन गर्न सकेनन् ।
यो समाचार लेख्दासम्म अस्ट्रेलियाले लन्च ब्रेकमा जानु अघि २ व्किकेट गुमाएर ५३ रन बनाएको छ र भारतविरुद्ध १५८ रनको अग्रता लिएको छ ।