• २०८१ पौष १६ मंगलबार

बक्सिङ डे टेस्ट: दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया बलियो अवस्थामा

kharibot

काठमाडौँ । जारी बक्सिङ डे टेस्टको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै १६४ रन मात्र बनाएपछि अस्ट्रेलिया अझै ३१० रनले अगाडी रहेको छ ।

भारतका लागि यशस्वी जैसवालले सर्बाधिक ८२ रन बनाए भने विराट कोहलीले ३२ र केएल राहुलले २४ रन बनाए । त्यस्तै कप्तान रोहित शर्मा ३ र आकास दीप शुन्यमा आउट भए । दोस्रो दिनको खेल सकिदा भारतका ऋषव पन्त ६ रन र रविन्द्र जडेजा ४ रन बनाएर क्रिजमा रहेका छन् ।
अस्ट्रेलियाका बलर पाट कमिन्स र स्कट बोल्याण्डले २-२ विकेट लिएका थिए ।

सिरिजको चौथो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको शानदार १४० रनको मद्धतले ४७४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुसचानेले ७२ रन बनाएका थिए भने आफ्नो डेभ्यु खेलमै साम कोनस्टासले ६० रन बनाएका थिए । त्यस्तैउसमान ख्वाजाले ५७ र कप्तान पाट कमिन्सले ४९ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर जसप्रित बुमराहले ४ विकेट लिएका थिए भने रविन्द्र जडेजाले ३ तथा आकास दीपले २ विकेट लिएका थिए ।

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै