• २०८१ पौष १८ बिहीबार

बक्सिङ डे टेस्टमा अस्ट्रेलियाले भारतलाई दियो ३४० रनको लक्ष्य

kharibot

काठमाडौँ । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको छ । 

टेस्टको पाँचौं दिन अस्ट्रेलिया दोस्रो इनिंगमा २३४ रनमा अल आउट भएसँगै भारतले बक्सिङ डे टेस्ट जित्न ३४० रनको लक्ष्य पाएको छ ।  अस्ट्रेलियाले पहिलो इनिंगमा १०५ रनको अग्रता हासिल गरेको थियो । 

यस अघि पहिलो इनिंगमा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो भने भारतले ३६९ रन बनाएको थियो । 

३४० रनको लक्ष्य पछाएको भारतले यो समाचार तयार गरुन्जेल ३ विकेट गुमाएर ६० रन बनाएको छ । 

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै