• २०८१ पौष १० बुधबार

अल्लु अर्जुन बयान दिन प्रहरी कार्यालयमा हाजिर

kharibot

काठमाडौँ । भारतका सुपरस्टार अभिनेता अल्लु अर्जुन सन्ध्या थिएटर भागदौड प्रकरणमा बयान दिन प्रहरी चौकी पुगेका छन् । 

डिसेम्बर ४ मा हैदरावादमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको र उनका छोरा गम्भीर घाइते भएको विषयमा अभिनेता अल्लु अर्जुनसँग प्रहरीले आज बयानका लागि बोलाएको थियो । यस मामिलामा अभिनेता अल्लु अर्जुन पक्राउ समेत परेका थिए । तर, एक दिन जेलमा बिताएपछि भोलिपल्ट बिहान धरौटीमा छुटेका थिए ।

अल्लु अर्जुनको जुबली हिल्स निवास बाहिर कडा सुरक्षा व्यवस्था गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बक्स अफिसमा हाल पुष्पा-२ ले शानदार कमाई गरिरहेको भएपनि अभिनेता अल्लु अर्जुनलाई भने कानुनी झमेलामा पारेको छ । यसैबीच निर्माण पक्षले मृतक महिलाका परिवारलाई ५० लाख सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै