काठमाडौं । नेकपा एमालेले भीम रावललाई कारबाही गरेको छ । बुधार बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय को जानकारी दिदै रावललाई संगठित सदस्यबाट हटाएको जानकारी दिएका हुन् । रावलले सल्लाहकारको भूमिका ननिभाएको र उनले दिएका अभिव्यक्तिले पार्टीलाई कमजोर गरेको बताउदै पार्टीको संगठित सदस्यबाट निलम्बन गरिएको ज्ञवालीले बताए ।
त्यस्तै एमालेको बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी बैठकको मिति तय गरेको उनले जानकारी दिएका छन् ।