Skip This
  • २०८१ पौष ९ मंगलबार

रवि लामिछानेको बयान आज

kharibot

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज हुने भएको छ ।

सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान शुरु भएपनि पहिलो दिन छविराज जोशीको मात्र बयान लिइएको थियो । आज पनि जोशीको बयान जारी रहने र उनको बयान सकिएपछि रवि लामिछानेसहित अरुको लिइने जिल्ला अदालत, कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

लामिछानेको बयान आज हुनसक्ने बताइएको छ । बयानका लागि सोमबार छविराज जोशीसँगै रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै