• २०८१ पौष ८ सोमबार

दोहोरो अंकले बढ्यो नेप्से

kharibot

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  आइतबार १३ अंकले घटेको नेप्से परिसूचक  सोमबार २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा रोकिएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स  ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेको हो ।

नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।  आज ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा खरिदबिक्री भएका छन् । आइतबार ४ अर्ब  ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सपोर्ट माइक्रोफाइनान्स,सुपर मादी हाइड्रोपावर,बराही हाइड्रोपावर पब्लिकको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले ओरालो लागेको च ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १८ करोड माथिको सेयर कारोबार भयो । जोशी हाइड्रोपावरले ११ करोड १७ लाखको सेयर कारोबार गर्दा मोलुङ्ग हाइड्रोपावरको ११ करोड १५ लाख,सुपर माइक्रो फाइनान्सको ९ लाख ९२ हजार र रिभर फल्स पावरको ९ करोड ५२ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै