Skip This
  • २०८१ पौष ९ मंगलबार

राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदुतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको,  पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ लिनेमा रुसी महासंघको राजदुतमान नियुक्त जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यको राजदूतमा नियुक्त चन्द्रकुमार घिमिरे, स्पेनको राजदुतमा नियुक्त शनिल नेपाल, गणतन्त्र कोरियाको राजदुतमा नियुक्त डा. शिवमाया तुम्बाहाङ्फे र भारतको राजदुतमा नियुक्त डा. शंकर प्रसाद शर्मा रहेका छन् ।    

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै